‘लेखनाथको विकासमा केही बाँकी राख्नेछैन’: एमाले उम्मेदवार थापा
कास्की | बैशाख २३, २०७९
पोखरा: स्थानीय चुनावमा नेकपा एमालेको तर्फबाट मेयर पदका उमेद्वार कृष्ण थापाले पोखरालाई महानगर बनाउन महत्वपूर्ण भूमिका खेलेको लेखनाथको विकासमा कुनै कसर बाँकी नराख्ने बताएका छन् ।
उनले आफू निर्वाचित भए लगत्तै लेखनाथको विकास गर्ने थुप्रै परियोजना सञ्चालन गर्न दातासंग वार्ता गरिरहेको बताए ।
यसका लागि लेखनाथको मुख्य बजारमध्येको एक शिशुवामा भौतिक तथा मानवीय पूर्वाधार विकासका लागि निर्वाचन लगत्तै २ अर्ब रुपैयाँ विनियोजन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
सभालाई सम्बोधन गर्दै पोखरा महानगरपालिकामा एमालेका तर्फबाट मेयरका उमेद्वार थापाले पोखराको समृद्धि र विकासका लागि केही काम कोभिड लगायतका विभिन्न अप्रिय परिस्थितिका कारण अधुरा रहेको भन्दै ती काम पुरा गर्न थकाई नमारिकन लागिपर्ने बताएका छन् । पोखराका आम जनताले भोगिरहेका समस्या समधान गर्ने आफ्नो पहिलो प्राथमिकता रहने पनि उनले बताएका छन् ।
त्यसै गरेर उक्त सभालाई सम्बोधन गर्दै उपमेयर पदका उमेद्वार मन्जुदेवी गुरुङले स्थानीय सरकार प्रमुख भएर जिम्मेवारी सम्हाल्दाका आफ्ना अनुभव सुनाउँदै पोखराको समृद्धि धेरै टाढा नभएको बताएकी छिन् । यहाँका विकासमा देखिएका प्राय सबै समस्या पहिचान भइसकेकाले जनताले मौका दिएमा अझै उत्कृष्ट कार्य सम्पादन गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।
सभामा प्रतिनिधिसभा सांसद खगराज अधिकरी, पोखरा वडा नं ३० मा अध्यक्षका उमेद्वार सोमलाल बास्तोला लगायतले बोलेका थिए । नेकपा एमाले पोखरा ३० का अध्यक्ष कृष्ण अधिकारीको अध्यक्षतामा भएको थियो ।
व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिइएको छ । प्रश्नपत्र बाहिरिएको समाचार आएपछि शिक्षामन्त्री सस्मित पोखरेलल...
पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको दशौं रारा पोखरा स्पोट्र्स अवार्ड–२०८२ बाट ७ लाख ७१ हजार ४ सय १८ रुपैयाँ बचत भएको जनाएको छ । मञ्चले आईतबार ए...
पोखराको सिर्जना चोकस्थित अशोका कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टले काठमाडौँ विश्वविद्यालय (केयू) बाट सम्बन्धन लिएर ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी (बीआईटी) कार्यक्रम सञ्चालनमा ल्याएको छ । गण्डकी प्रद...

